कास्की ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवंपूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरू सुशासन र जनताप्रति उत्तरदायी नहुँदा नेपाली जनतामा राजनीतिक निराशा पैदा भएको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) को प्रथम गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष नेपालले भने, “अब राजनीतिक पार्टीले जनतामाझ निराशा होइन, आशा र उत्साह लिएर जान जरुरी छ, यसो गर्न नसकिए राजनीतिक दलहरूप्रति जनताको निराशा झनै बढ्ने छ।”
एकीकृत समाजवादी आफ्नो सिद्धान्त, सङ्गठन र सङ्घर्षबाट अगाडि बढ्ने पार्टी भएकाले यसले नेकपा (एमाले) र (माओवादी केन्द्र) सँग पार्टी एकता नगर्ने अध्यक्ष नेपालले बताए। उहाँले भन्नुभयो, “पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्छौं, विचार मिल्ने पार्टीसँग एकता र सहकार्य गरेर जान्छौं।”
वर्तमान सरकारले ल्याएको अध्याधेशको विरोध गर्दै अध्यक्ष नेपालले उक्त अध्याधेश जनताको हितमा नरहेको बताए। उक्त अध्यादेश संविधान संशोधन गर्नभन्दा पनि ठूला पार्टीको हित र स्वार्थमा ल्याइएको उनको आरोप छ। एकीकृत समाजवादीले अब जनतामाझ आशा र उत्साह जगाउने कार्यक्रम लिएर जाने उनले बताए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।