
काठमाडौं ।
रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।
मन्त्री सवार गाडीले आइतबार बिहान १० बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहहीका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ भने मोटरसाइकलको लुकिङ ग्लास फुटेको छ । चालक भने सकुशल रहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।