![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b8e0a4bee0a4b8e0a581e0a495e0a4bee0a587-e0a4b9e0a4a4e0a58de0a4afe0a4be-e0a497e0a4b0e0a587e0a495e0a58b-e0a485e0a4ade0a4bfe0a4af.jpg)
धनुषा ।
जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बादविवादको क्रममा उनीहरूबीच झै-झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।