
काठमाडौं ।
ज्ञान निकेतन, रिलायन्स रेसिडेन्सियल र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।
पिङलास्थानस्थित आयोजक हिमाली बोर्डिङ स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई ७२–६१ ले पराजित ग¥यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा रिलायन्सले हिमालीलाई ४४–३५ ले हरायो । रिलायन्सकी एलिशा तामाङले १६ स्कोर गरिन् । जुनियर ब्वाइजको फाइनलमा ग्रिन लन्सले सम्भावीमाथि ४०–२५ को जित दर्ता ग¥यो । ग्रिन लन्सका देव देउलाले २२ अंक बटुले ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका दिप्सन अधिकारी, सिनियर गल्र्समा रिलायन्सकी एलिशा र जुनियर ब्वाइजमा ग्रिन लन्सका देव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।