१७ असोज , काठमाडौँ – अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) २०१९ को आवेदन खुल्ने भएको छ । न्यु योर्क टाइम्सले जानकारी गराए अनुसार अक्टोबर ३ तारिख अर्थात् आज असोज १७ गते नेपाली समय अनुसार बेलुका ९:४५ बजेटबाट आवेदन दर्ता गर्न सकिने जानकारी गराएको हो । डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । तर अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्मको लागि भने नकुर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने कुरा उल्लेख गरेकाे छ । आफै डिभी भर्न चाहनोहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् । निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नु पर्ने छ ।
अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना गर्नुपर्ने छ । डिभी भर्नका लागि फोटो खिच्दा चस्मा समेत लगाउनु हुँदैन । डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ ।
यस वर्षको डिभीको नतिजा भने मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ ।
प्रत्येक वर्ष खुल्ने डिभीमा नेपालीको आकर्षण उस्तै छ । समय समयमा डिभी चिट्ठा परेर अमेरिका पुगेका नेपालीको पीडादायी कथा पढेकाहरु समेत अमेरिका स्थायी बसोबास गर्न पाउने आशामा डिभी भर्ने गर्छन् ।