१७ असोज ,काठमाडौँ – नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैँया घटेको छ । दसैँपछि बजार खुलेको पहिलो दिन मंगलबार सुन तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बजारमा चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।