
काठमाडौँ ।
काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ ।
पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्याएको जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।