
काठमाडौँ।
गत चैत्र १५ गते राजावादीको प्रदर्शनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेतीले ५० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।
बुधवार विहान पत्रकार रजकको ताहचल स्थित निवासमा पुगेर समाजसेवी उप्रेतीले उनको पत्नी सुजनलाई सहयोग रकम प्रदान गरेका हुन् ।
एभि न्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको प्रर्दशनकारीले आगो लगाएको काठमाडौँ तीनकुने स्थित एक घरमा जलेर मृत्यु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।