
काठमाडौं।
उच्च अदालतले नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु) निर्वाचन तत्काल गर्न परमादेश जारी गरेको छ।
न्यायाधीशबाट जारी अन्तरिम आदेशमा उल्लेख गरिएको छ कि २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको र निर्वाचन स्थगन गर्नुपर्ने स्पष्ट तथा वस्तुनिष्ठ कारण नखुलाईएको देखिएकोले सो निर्वाचन यथाशीघ्र सम्पन्न गराउन आदेश दिइएको हो।
अदालतले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका २०८१ को दफा १२ (८) को प्रावधान अनुसार १५ दिनभित्र नयाँ निर्वाचन मिति तोक्नुपर्ने व्यवस्था स्मरण गराउँदै निर्वाचन प्रकृया तत्काल अघि बढाउन निर्देशन दिएको छ।
यस मुद्दामा निवेदक पक्षका तर्फबाट अधिवक्ता आश्विन कुमार प्याकुरेल, विकास कुमार गुप्ता, मोहम्मद माजिद र रुपेश खनालले बहस गरेका थिए भने विपक्षी नेपाल ल क्याम्पसतर्फबाट डा. रमेश पराजुली र किशोर सापकोटा तथा त्रिभुवन विश्वविद्यालयतर्फबाट वरिष्ठ अधिवक्ता नारायण प्रसाद खनालले तर्क प्रस्तुत गरेका थिए।
अदालतले उच्च अदालत नियमावली, २०७३ को नियम ४२ अनुसार विपक्षीहरुलाई आदेशको सूचना दिनुपर्ने पनि स्पष्ट पारेको छ।
यस आदेशसँगै नेपाल ल क्याम्पसमा रोकिएको एसएफयू निर्वाचन प्रक्रिया पुनः सञ्चालनमा आउने देखिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।