
रामेछाप ।
मन्थली नगरपालिका ३ कठजोरमा गाडी दुर्घटना भएको छ । बिहीबार ४ बजे लिखु तामाकोसी गाउँपालिकाको र मन्थली नगरपालिकाको सिमानामा पर्ने ऐरमवास मन्दिरबाट फर्कँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटना भएको हो ।
दुर्घटनामा परि दुई जनाको निधन भएको रामेछाप प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँका अन्दाजी वर्ष ६२ का कृष्ण नारायण श्रेष्ठ र अन्दाजी वर्ष १२ की भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष कृष्ण गोपाल थापाले जानकारी दिए ।
दुर्घटनामा दर्जन भन्दा बढी यात्रुहरू घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारको लागी मन्थली अस्पताल पठाइएको वडाध्यक्ष थापाले बताए । दुर्घटना भएको बोलेरो सडकबाट अन्दाजी २ मिटर तल खसको छ । सडक भासिएर बोलेरो दुर्घटना भएको वडाध्यक्ष थापाले बताए । दुर्घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।