धादिङ।
विद्यार्थी अनुत्तीर्ण हुँदैनन् भन्ने मान्यता छ । शिक्षण सिकाइ सबैको उस्तै किसिमको पनि हुँदैन तर सिद्धलेक गाउँपालिका र गल्छी गाउँपालिकाको पालिका स्तरीय परीक्षामा कक्षा ८ को नतिजा निराशाजनक देखिएको छ।
गल्छी गाउँपालिकाका कुल १६ वटा विद्यालयबाट तीन सय ८५ विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएकोमा ५९.२२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी तीन सय ८५ विद्यार्थी मध्ये दुई सय २८ विद्यार्थी उत्तीर्ण भएका हुन् । पालिकाका तीन वटा सामुदायिक विद्यालयको कक्षा ८ को नतिजा शून्य रहेको छ।
गल्छी गाउँपालिका वडा नम्बर ६ मा रहेको अम्लेश्वर गुरुकुल,वडा नम्बर ३ मा रहेको धादिङ आधारभूत विद्यालय र वडा नम्बर ८ मा रहेको गोगनपानी माविको नतिजा शून्य रहेको गल्छी गाउँपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
अमन्तादेवी मावि ३२ मा १४, वागेश्वरी मावि ४९ मा २४, बालकुमारी आवि १६ मा ३, गोगनपानी आवि ८ मा ६, जनसेवा आवि १२ मा १२, जनकल्याण मावि ३९ मा २४ कल्लेरी मावि २६ मा ६, किराञ्चोक कार्कीडाँडा मावि २६ मा १२, रक्तबच्छला आवि १२ मा ४, सरस्वती मावि १८ मा १३, सक्सेस एकेडेमी ५२ मा ५२, राईजिङ भिजेल मावि ५९ मा ५० र जलकन्या आवि १६ मा ८ जना उत्तीर्ण भएका छन् ।
यसैगरी सिद्धलेक गाउँपालिकाको कक्षा ८ को नतिजा निराशाजनक देखिएको छ ।
सिद्धलेक गाउँपालिकाका १६ विद्यालयका ४ सय ५१ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकोमा १ सय ६२ जनामात्र उत्तीर्ण भएका छन् ।
सिद्धलेकका कुनैपनि विद्यालयले सबै विद्यार्थी उत्तीर्ण गराउन सकेका छैनन् ।
अमर आदर्श माविबाट २२ मा ३ जना, महाकाली माविबाट ५१ मा ५ जना, सुन्दरी माविबाट १५ मा ५ जना, जलपादेवी माविबाट १६ मा ५ जना, मिन्दुका मावि ३० मा ८ जना, नलाङ मावि २५ मा ९ जना, नलाङ आवि १७ मा ८ जना, पंचमुखी मावि १३ मा ५ जना, नलाङ मोडेल एकेडेमीमा १० मा ३ जना, अकला मावि ११ मा ६ जना, सिद्धेश्वर मावि २८ मा १५ जना, नलाङ पात्ले मावि ३४ मा ११ जना, कालीदेवि मावि ३३ मा १४ जना, बागबच्छला मावि ४७ मा ३७ जना, र सत्यवती मावि ७० जनामा २३ जनामात्र विद्यार्थी उत्तीर्ण भएको सिद्धलेक गाउँपालिका शिक्षा शाखा प्रमुख मेनका बाँस्कोटाले सूचना प्रकाशन गरी जानकारी दिएकी छन्।
सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा रहेको स्वतः स्थायीको माग गरिरहेको समयमा आएको परीक्षाको नतिजाले अब विद्यार्थी नभई शिक्षक नै अनुत्तीर्ण भएको देखाएको छ ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।