
काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार विष्णु बहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक पदमा नियुक्त गरेको छ ।
बक्सिङ खेलमार्फत देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराएका ओलम्पियन सिंहले यसअघि सोही विभागमा उप–निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्राविधिक समूह अन्तर्गत द्वितीय श्रेणीका अधिकृत सिंहलाई राखेपले सदस्यसचिवस्तरको निर्णयमार्फत समान श्रेणीमा निर्देशकको कार्यभार दिएको हो । नव-नियुक्त निर्देशक सिंहले आगामी वैशाख ६ गतेदेखि आफ्नो जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।