
काठमाडौँ।
पत्रकार हुँ भन्दै व्यापारीहरूलाई धाकधम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफ रहेका छन्।
व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलिले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो ।
बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ । गैरकानुनी गतिविधिमा संलग्न अन्यको पनि खोजी कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।