
उदयपुर ।
उदयपुरको बेलका नगरपालिका ९ बाट बुधवार प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुरको बेलका नगरपालिका ९ स्थित रामपुर ठोक्सिलामा रहेको इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागु औषधसहित सोही ठाउँ बस्ने जनम गहतराजलाई पक्राउ गरिएको हो ।
बेलका नपाको मदन भण्डारी लोकमार्ग खण्डमा गाईघाटतिरबाट चतरातिर जाँदै गरेको को २४ प३९८३ नबरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा बेलका नपा ९ रामपुर बजार बस्ने वर्ष २४ को जनम गहतराजले लुकाइछिपाई ल्याउँदै गरेको प्लास्टिकसहित २०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित फेला पारेको हो ।
उक्त लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका जनम गहतराजलाई र निजले प्रयोग गरेको मोटरसाइकलसहित पक्राउ गरिएको र आवश्यक अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।