
काठमाडौं।
मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको घटनामा संलग्न रही वारदात मिति देखि फरार रहेका आशिषलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।