
काठमाडौं ।
सरकारले आगामी ३१ वैशाखका दिन देशभरका सबै स्वास्थ्य संस्थाबाट यस अघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई खोप दिने भएको छ ।
खोप लगाउनबाट कोही नछुटुन भनेर यस्तो व्यवस्था गर्न लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल तथा खोप शाखा प्रमुख अभियान गौतमले जानकारी दिए ।
त्यसो त सरकारले बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउँदे आएको छ । खोप महिनाको अन्तिम दिन छुटेका बालबालिकाहरुलाई खोप दिन लागिएको हो । खोपकै कारण नेपालले पछिल्लो २७ वर्षमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ७८ प्रतिशतले घटाएको छ ।
सन् १९९६ मा प्रतिहजार जिवित जन्ममा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ११८ थियो भने सन् २०२३ मा आईपुग्दा मृत्युहुने दर घटेर २६. ५ प्रतिहजारमा झरेको छ । यस्तै शिशु मृत्युदर ७१ प्रतिशतले घटेको छ । शिशु मृत्यु दर ७८ प्रति हजार जीवित जन्मबाट घटेर २३ प्रति हजार जीवित जन्ममा झरेको छ । यसैगरी नवजात शिशु मृत्यु दर ५० प्रति हजार जीवित जन्मबाट १६।६ प्रति हजार जीवित जन्ममा ९६७ प्रतिशत०ले घटेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।