२२ असोज , काठमाडौं – नेपाल अायल निगमकाे प्रमुखबाट गोपाल खडकालाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
असोज २ गते पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेकाे भन्दै सरकारले खडकालाई अायल निगमकाे प्रमुखबाट बर्खास्त गरेकाे थियो ।
खडकाले पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दामा अाज न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।