
पाल्पा।
पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । शुक्रवार नवलपुरको अरुणखोलाबाट निस्दीको मित्याल तर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जीप करिब ४ बजेतिर मित्यालको लामेदमारमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर निस्दी -४, मित्याल, झ्यालतुङका ३९ वर्षकी धनसरी बयम्बु र ३० वर्षकी पुष्पा राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य ४ जना सामान्य घाइते भएका छन । घाइतेहरुको उपचारका लागि नवलपुरमा लगिएको पहरीले जनाएको छ ।
जीपमा चालकसहित १२ जना सवार रहेको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवलदार राजेश रानाले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।