
रुकुम पश्चिम।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुर्घटनामा परी तीनजना घाइते भएका छन्। घाइते हुनेमा जीप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली छन् । सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर जीप ४०० मिटर तल खसेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।