यो स्थानिय निर्बाचनको हल्ला चलेको २० बर्ष हुन लाग्यो तर निर्बाचन चाहिँ कहिले हुने हो अझै ढुक्क हुने अबस्था अझै सम्म आइपुगेको छैन । हामी नेपाली जे काम पनि ढिलो गर्छौ । संविधान बन्न पनि बर्सौ लाग्यो । कार्यान्वयन गर्न पनि बर्सौसम्म लाग्ने देखिदैछ । सम्बिधान सम्सोधन पनि लम्बि नै रहेको छ । संसोधनको पक्ष र बिपक्षमा ताली बजिनै रहेको छ । ‘
हिजो एन आर एन र दोंदेमुन व्यवसायी संघको संयुक्त आयोजनामा अन्तरक्रिया तथा रात्री भोजको आयोजना गरिएको कार्यक्रममा नेपाल उधोग परिसंघ (CNI) का उपाध्यक्ष कृष्ण अधिकारी ज्यूले माथीका यि विचार राखिरहँदा मन आनन्द मात्र भएन अब राजनितीमा रूमलिएर होईन आर्थिक बिकासमा सबै लाग्नुपर्छ भन्ने सबैमा सन्चार भएकोमा नयाँ उर्जा पनि मिल्यो। उहाँबाट नेपालको बिकासमा हुने समस्यहरूको बारेमा धेरै कुराहरू सुन्ने अबसर समेत मिल्यो। हुन त मेलम्चिको पानी काठमाडौमा बर्षौ बर्ष कुर्दा पनी आइपुग्न सकेको छैन । भुकम्पले जर्जर बनेको जन जीवनलाई मल्हम लगाउने हल्ला चलेको चलेको चलेकै छ तर त्यस्को लागि केही काम हुन सकेको छैन ।
बरु छिटो छिटो सरकार र प्रधानमन्त्रीहरु मात्र परिबर्तन भए । काठमाडौको धुवा धुलो र फोहोरको महामारीबाट कहिले मुक्ती मिल्ने हो?यसमा पनि कसैको ध्यान गएन ।अब रोगको महामारीको थुप्रो लाग्ने निस्चित छ । यस्ता कुरामा बिकास र परिबर्तन देख्न पाउन सकिएन ।
हाम्रो सामान्य जीवनमा वा कर्मचारी प्रशासनमा वा सरकार सन्चालन जस्ता हरेक कामलाई समयमै सम्पन्न गर्न सके मात्र देशको बिकास सम्भब छ ।यस्मा सबै पक्षको ध्यान जान सके हाम्रो समाज पनि अन्य मुलुक जस्तै सम्पन्न बन्न सक्ने थियो । अब सबैले सोचौँ हातेमालो गरौँ देशको लागी । राजनिती र अनेक बहानामा लुछाचुडी गर्ने हो भने हाम्रा सन्ततीले हामीलाई सराप्नेछन् । ढिलो भईसक्यो जागौँ वीर नेपालहरू हो ।
(लेखक एन आर एन कोरियाकी उपाध्यक्ष हुन्।)