
उदयपुर ।
उदयपुरगढी गाउँपालिकाको एकमात्र प्राविधिक शिक्षण संस्था श्री नमुना माध्यमिक विद्यालय भलायडाँडा, उदपुरगढी ८ मा आज बिहान विभिन्न शीर्षकमा विद्यार्थीहरुलाई पुरस्कार एवम् छात्रवृत्ति वितरण गरिएको छ ।
पन्चावती सद्भाव समाज र विद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्का थिए ।
पंचावती सद्भाव समाजका (पससका) अध्यक्ष डिल्लिरमण आचार्य, सदस्य एवम् प्रेमलाल महमाया स्मृति अक्षयकोषका सन्चालक भेषराज खतिवडा, विद्यालयका पूर्व प्रअ एवम् लक्ष्मी स्मृति पुरस्कारका संस्थापक दीनानाथ दाहाल, बिब्यसका पूर्व अध्यक्ष बोधकुमार घिमिरे, वडा अध्यक्ष थिरबहादुर राउत, समाजसेवी श्याम भुजेलले विभिन्न अक्षयकोष र पुरस्कार एवम छात्रवृत्तिको बारेमा प्रष्ट्याएका थिए । ओमबहादुर राउत, उपाध्यक्ष द्वय प्रदिप निरौला र मिथिला राउत, महासचिव केदार आचार्य, कोषाध्यक्ष तेजमणि काफ्ले, मनमाया आचार्य स्मृति कोषका संरक्षक भरत प्रसाद घिमिरे, संचालक तुलसा घिमिरे, भक्तबहादुर विष्ट स्मृति अक्षयकोषका अध्यक्ष उर्मिला देबी विष्ट लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा एकजना विद्यार्थीलाई पुरस्कार र ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
पन्चावती सद्भाव समाजले यही २५ गते माबि छिन्द्रीङ खोला बरे र २६ गते पन्चावती माबि उदयपुरगढीमा विभिन्न पुरस्कारहरू वितरण गरेको थियो भने २७ गते उदयपुरगढीमा बनभोज कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा संबिधान सभा सदस्य नारायण कार्की, गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी लगायतको उपस्थिति थियो । २०६४ सालमा स्थापित यो संस्थाले बार्षिकरुपमा यस्तै विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्री उमेश कार्कीको सभापतित्व र प्रअ देबीबहादुर राईले स्वागत गर्नु भएको थियो भने सन्चालन सहायक प्रअ सूर्य पोखरेलले गर्नु भएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।