
पोखरा।
पोखरा ३२ लामेआहालमा विद्युतीय सवारीसाधन दुर्घटना हुदाँ तीन जनाको मृत्युभएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरका विद्युती यात्रुबहाक सवारी दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विद्युतीय(ईभी) सवारी लामेआहाल सडक खण्डबाट तल खेतमा खसेको थियो । मृतकको सनाखत भइसकेको छैन ।
दुर्घटनामा घाइतेमध्ये ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । अन्य ७ जनाको भने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमो उपचार भइरहेको छ ।
यसैबीच बुधबार दिउँसो नै पोखरा २२ स्थित विश्वशान्ति स्तुपबाट फर्किदैं गएको यात्रुबहाक माईक्रोबस दुर्घटना हुदाँ २६ जना घाईते भएका छन् । बुधबार दिउँसो विश्वशान्तिस्तुपबाट फर्किने क्रममा ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको घाईतेको उद्दार गरिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।