
काठमाडौँ।
महालेखापरीक्षकको ६२ औ वार्षिक प्रतिवेद २०८२ अनुसार देशभरका ७ सय ५३ वटा स्थानीय पालिकाहरु मध्ये काभ्रेपलान्चोक जिल्लाको विकट पालिका महाभारतमा शून्य बेरुजु देखिएको छ । यो देशभरको एकमात्र पालिका हो । अघिल्लो वर्ष पनि उक्त पालिकाको बेरुजु शून्य थियो ।
जिल्लाका अन्य १३ पालिकामा धुलिखेल ०.२५, नमोबुद्ध २.६०, पनौती ०.३९, पाँचखाल १.३५, बनेपा २.२२, मण्डन ०.०९, खानीखोला ४.४९, चौरीदेउराली १, तेमाल १.१२, बेथान्चोक १.७५, भुम्लु ०.८६ र रोशी २.२० प्रतिशत बेरुजु रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।