
काठमाडौं ।
मेक्सिकोको नौसेनाको एक जहाज न्युयोर्कको पुलमा ठोक्किएको छ । मेक्सिकोको एउटा ठूलो प्रशिक्षण जहाज न्युयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षति पुगेको छ ।
उक्त जहाज एक विशेष कार्यक्रममा सहभागीहरूलाई लिएर गएको थियो। जहाज ठोक्किएको भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियोमा देखिएको छ- शनिबार उक्त जहाज पुलमुनिबाट जाँदै गर्दा जहाजको एक अग्लो खम्बा पुलमा ठोक्किएको छ । उक्त जहाजको खम्बा सोही जहाजमा झरेको देखिएकाे छ ।
अमेरिकी मिडियाहरूले उक्त घटनामा परी केही व्यक्तिहरू घाइते भएको बताएका छन् । मेक्सिकोको नौसेनाले पनि जहाज क्षतिग्रस्त भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।