
जुम्ला।
जुम्लाको तिला गाउँपालिका – ४ स्थित भोटचौरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। क.१ ह.३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षका रण बहादुर कुँवरको मृत्यु भएको तिला गाउँपालिकामा रहेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले बताए ।
शुक्रबार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान लिएर जाने क्रममा उक्त अटो सडक देखि ६० मिटर तल खसेको प्रहरी हवल्दार महत्तोले बताए ।
अटो दुर्घटनाबाट गम्भीर घाइते भएका चालक कुँवरलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दा गर्दै शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।