
बाजुरा।
बाजुराको जगन्नाथ गाउँपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु र भएको छ। २ जना घाईते भएका छन् । मृत्यु हुनेमा नेपाल टेलीकम दुरसंचार प्राधिकरणका प्रमुख कैलाली धनगढी उपमहानगर पालिका ५ तारानगर बस्ने ४८ वर्षका लोक बहादुर खड्का, चालक कञचनपुर कृष्णपुर नगरपालिका २ वाणी बस्ने ५७ वर्षका करन सि महतरा र बाजुरा बडीमालिका ७ ढम्कने बस्ने ३५ वर्षका रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोही दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा रहेका छन । घाइतेको उद्धार गरी जगन्नाथ गाउँपालिकाले कोल्टी आधारभूत अस्पताल पठाएको छ ।
बा ५ च २२०९ नम्मरको गाडीमा सवार नेपाल दुरसंचार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथमा रहेको टावरको मर्मतका लागि गएको बेला सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
यसैवीच संस्कृति पर्यटन तथा नागरिक उदड्येन मन्त्री बद्री प्रसाद पाण्ड्यले अाफ्नाे गृह जिल्लामा भएकाे सडक दुर्घटनामा परेर मृतकप्रति गहिराे समेवदना र घाइतेको शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन्। घाइतेको तत्काल उद्धार तथा उपचारका लागि हेलिकप्टर परिचालन गरिएको र जिल्ला प्रहरी कार्यालय लगायत सम्बद्ध निकायलाई आवश्यक निर्देश दिएको पर्यटन नागरिक उड्ययन मन्त्री वद्रीप्रसाद पाण्डेले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।
‘बाजुराको जगन्नाथ गाउँपालिका–२, काडाकोटमा नेपाल टेलिकम बाजुराका कर्मचारीहरू सवार जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै निधन र दुई जना गम्भीर घाइते भएको खबरले अत्यन्त मर्माहत बनाएको छ।दिवंगत व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घटनापछि तत्काल उद्धार तथा राहत कार्यमा जुट्न जिल्ला प्रहरी कार्यालयसहित सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। घाइतेहरूको शीघ्र उद्धारका लागी नेपाल आर्मीको हेलिकप्टर कोल्टी तर्फ गइरहेको छ र उहाँहरुको समुचित उपचारमा कुनै कमी हुन नदिन स्पष्ट निर्देशन दिएको छु।’ सञ्जालमा लेखेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।