
काठमाडौं ।
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्चपहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देख धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्चपहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।