
काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा बयानका लागि बुधबार विशेष अदालतमा उपस्थित भएका छन्।
उनले प्रधानमन्त्री हुँदा जग्गा सट्टापट्टामा अनियमितता गरेको आरोपमा गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो, जरिवाना र सजायको मागसहित मुद्दा दर्ता गरिएको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।