२९ असोज , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६२ पैसा र विक्रिदर २७ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र विक्रिदर २७ रुपैयाँ ८४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २० पैसा र विक्रिदर २८ रुपैयाँ ३७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५४ पैसा र विक्रिदर २४ रुपैयाँ ६८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १८ पैसा र विक्रिदर ९ रुपैयाँ २३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ९१ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ५६ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ५९ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ १९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।