
उदयपुर ।
उदयपुरको गाईघाटमा विगतका वर्षहरुमा झैँ यस वर्ष पनि लाखे नाच साताभर मनाइने भएको छ ।
“हाम्रो संस्कृति, हाम्रो पहिचान : संस्कृति जोगाउने, हाम्रो अभियान” भन्ने नाराका साथ झीगु नेवाः पुचः उदयपुर गाईघाटले विगत बर्ष झै यस बर्ष पनिी लाखे जात्रा मनाउने भएको छ ।
नेवाः भाषा, साहित्य, कला र संस्कृति, परम्परा, रीतिरिवाजको जर्गेना गर्ने अभियान अन्र्तगत झीगु नेवाः पुचः, मिसा पुचः र विभिन्न उप–समितिहरुको संयुक्त आयोजनामा साताव्यापी लाखे जात्रा पर्व मनाउने भएको हो ।
साता व्यापी लाखे नाच झीगु नेवाः पुचः उदयपुरले २४ गते शनिबार क्वाटी पुर्णिमाको दिनदेखि भदौ १ गते कृष्ण जन्माष्टमीसम्म भब्य रुपमा संचालन गर्ने सचिव गोपाल श्रेष्ठले बताउनु भयो ।
सचिव श्रेष्ठले लाखे जात्रा पर्व २०८२ लाई सफल बनाउनको लागि सम्पुर्ण नेवार परिवारहरुलाई अनिवार्य रुपमा उपस्थित भई दिनुहुन हार्दिक आमन्त्रण गरेको छ । नेवारी पोशाक भएकाहरुले २४ गते उद्घाटनका दिन र ३१ गते कृष्ण जन्माष्टमीका दिन अनिवार्य नेवारी पोशाकमा उपस्थित भईदिनु हुन झीगु नेवाः पुचः ले अनुरोध छ ।
झीगु नेवाः पुचःले लाखे जात्रा पर्व मनाउने तालिका सार्वजनिक गर्दै २४ गते शनिबार त्रिनपा १० बोक्सेमा भेला भई मोतिगडा, गैरुन, राजबास, सहित भगवती मन्दिर र राधाकृष्ण मन्दिरमा पुजा र परिक्रमा गरेर लाखे जात्राको विधिवत सुरुवात गरिने कार्यवाहक अध्यक्ष विजय तुलाधरले जानकारी दिनु भयो ।
कावा अध्यक्ष तुलाधरका अनुसार भदौ १ गते श्रीकृष्ण जन्मअष्टमीको दिन दिनको २ बजे रथ यात्रा राधाकृष्ण मन्दिरबाट निकालिने छ । गाईघाट बजार परिक्रमा सहित बेलुकी १० बजे नेवाः पुचको भवनमा लाखे नाच समापन कार्यक्रम रहेको छ । यसविचमा श्रेष्ठ समुदायको घरमा लाखेसहित पुगेर घरदैलो कार्यक्रम गरिने झीगु नेवा पुचले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।