
काठमाडौं ।
देशका विभिन्न स्थानमा बुधबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
बारा, रूपन्देही, कपिलवस्तु, रोल्पा, पाल्पा र बैतडीमा भएका दुर्घटनामा पैदलयात्री, बालिका, चालक तथा सवारीका यात्री गरी आठ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
बारा र रूपन्देहीमा सुमो र माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने कपिलवस्तुमा बसको ठक्करले एक जनाको ज्यान लिएको छ।
रोल्पामा बोलेरो पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाल्पामा इभि भ्यान दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
त्यसैगरी बैतडीमा जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।