०७ कात्तिक ,काठमाडौँ – सुन्दा अचम्म लाग्ला, विद्युत प्राधिकरणका लागि जडान गरिएका ट्रान्सफर्मरको सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् । प्राधिकरणका अधिकारीहरुका अनुसार मुसा भित्र पसेपछि ट्रान्सफर्मर जल्न थालेका छन् ।
काठमाडौंभित्र महिनामा एक दुईवटा ट्रान्सफर्मर मुसाकै कारण पड्कने गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
मुसाकै कारण तिहारको लक्ष्मीपूजाको दिन भक्तपुर सवस्टेसनका केही उपकरण जले र पूरै भक्तपुरमा बिजुली प्रसारण अवरुद्ध भयो ।
सब स्टेसनहरु पुराना र फोहोर पनि भएका कारण मुसालगायत जिवले दुख दिन थालेको अधिकारीले बताए ।
यो खबर आजको नागरिक दैनिकमा छ ।