सोनकलि थारु
१० जेठ । बिकास तथा प्रकोप ब्यावस्थापन केन्द्र नेपालको आयोजनामा ,मिजेरियर के जेड इ जर्मनी र डि के ए अष्ट्रियाको सहयोगमा पत्रकारहरुको लागि जोखिम न्युनिकरण र जलबायु परिबर्तन अनुकुलन सम्बन्धि सचेतीकरण कार्यशाला गोष्ठी आज लोटस रिर्सोटमा सम्पन्न भएको छ । बिकास तथा प्रकोप ब्यावस्थापन केन्द्रका अध्यक्ष चम्पक भटटराइको अध्यक्षता, परियोजनाका अधिकृत भरत बिक ,प्रशिक्षक भवानि प्रसाद पाण्डे,ब्यावस्थापक दमोदर पंगेनी लगायातको अतितथ्यता रहेको कार्यक्रममा नवलपरासीका बिभिन्न संचारमध्यममा कार्यरत पत्रकारहरुको सहभगिता रहेको थियो । बिकास तथा प्रकोप ब्यावस्थापन केन्द्रका ब्यावस्थापक दमोदर पंगेनीको स्वागत मन्तब्य रहेको कार्यक्रममा बिकास तथा प्रकोप ब्यावस्थापन केन्द्रका अध्यक्ष चम्पक भटटराइले कार्यक्रमको लक्ष्य,उदेश्य ,लक्षित सामुदाय, बातबरण तथा जोखिमको न्युनिकरण, राहत बितरण आदिको बारेमा प्रकाश पार्नुभएको थियो । परियोजनाका अधिकृत भरत बिकले जोखिम न्युनिकरण र जलबायु परिबर्तनले प्रभाबित समुह,रणनिति र तौरतरिकाको बारेमा स्पष्ट पार्नुभएको थियो ।यस्तै नवलपरासीका सबिकका १० वटा गबिसा,७० सामुदायमा ३ करोड ३९ लाख २५ हजार बजेट रहेको यो परियोजनाले काम गरिरहेको बताउनुभएको छ ।
यसैगरी पत्रकार तथा प्रशिक्षक भवानि प्रसाद पाण्डेले बिपद ब्यावस्थापनमा संचारमाध्यमको भुमिका, संचारमाध्यममा उठान गरिने बिपदको मुद्दा,बिपदको समयमा संचारकर्मी र संचारमाध्यमको भुमिका,बर्तमान समयमा कानुनी ब्यावस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।यसैगरी कार्यक्रममा सहभागी पत्रकारहरुलाइ प्रकोप पुर्ब नै कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ । साथैआ आफनो संचार माध्यममा बिपद ब्यावस्थापन तथा जोखिम न्युकिरणको जिंगल ,जोखिम पुर्ब तयारीको रिर्पोटिङ गरिदिन आग्रह गर्नुभएको छ ।कार्यक्रममा पत्रकारहरुको तर्फबाट मलाटी न्यौपानेले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन परियोजनाका अनुगमनकर्ता अम्बिका अभिकारीले गर्नुभएको थियो ।