१२ जेष्ठ ,
जिल्ला पशु सेबा कार्यालय भरतपुर चितवनको आयोजनाम भएको जिल्ला समन्वय समिति चितवनका स्थानिय बिकाश अधिकारी कृष्ण प्रसाद सुबेदीको सभापतित्व र चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट प्रमुख आतिथ्यमा जिल्ला भित्र लामो समय पशुपालन क्षेत्रमा योगदान पु्याउने कृषकहरुलाई सम्मान र घाँसको बिउ उत्पादन गर्ने कृषकहरु संग छलफल तथा अन्तक्रिया कार्यक्रम भरतपुर ९ स्थित कान्तिपुर बहु प्राबिधिक शिक्षालयको सभाहलमा सम्पन्न भयो । आर्थिक वर्ष ०७३÷०७४ को वार्षिक स्विकृत कार्यक्रम अनुसार उक्त कार्यक्रममा यस अघि सहित २५ जना किसानलाई पशुपालन सम्वन्धि थप जानकारी दिने उदेश्यले हाम्रो कृषि नामक मोवाइल एप्लिकेशनर नेपाल टेलीकमको सिम सहित सामसुङ्ग मोवाइल बितरण गरीएको थियो भने १५ जना किसान हरुलाई सभपति र अतिथीहरुबाट रु ३००० पुरस्कार सहित सम्मान पत्र र खादा ओडाएर सम्मान गरीएको थियो । प्रमुख अथिती भट्टले नेपाल सरकार मार्फत जिल्ला पशु कार्यालय ले किसानमुखी कार्यक्रम ल्याएकोले सम्वन्धित कार्यलय र प्रमुख लाई धन्यवाद दिनुहुदै आफु किसान नभएपनि बाबु आमा किसान भएकोले यहाँका किसान लाई सम्मान गर्न पाउदा अत्यान्त खुशिलागेकोे वताउनु भयो । देशको अवस्थिती भुगोल बनस्पती उपयोगको आधारमा पशुपालन गर्न सकिने दुख गरेर भएपनि दृढता पुर्वक निर्वाहमुखी नभै ब्यवसायिक रुपमा कृषि,पन्छि र पशुपालनलाई आधुनिकीकरण गर्न राज्यले किसानलाई उत्साहित बनाउनु पर्ने तर्क गर्नु भयो । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवराम पन्थिले किसानलाई सम्मान गर्नु राम्रो बिषय भएपनि कतीसमय योगदान गरेको हो पुष्टि भए अझ राम्रो हुन्थ्यो भन्ने जिज्ञासा गर्नुभएको थियो । किसान हरुले आफुमात्र नभै राष्ट्रका धेरै नागरिकलाई पालनपोषण मा सहयोग गरेको र यो उत्पादन बढाइ आयात नभै निर्यात गर्न सक्नु पर्ने जिकिर गर्नु भयो ।