१७ कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४९ पैसा र विक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३७ पैसा र विक्रिदर २४ रुपैयाँ ५१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र विक्रिदर ९ रुपैयाँ ३३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ६५ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ६३ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ ०२ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ६१ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ०८ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ६८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।