नन्दु यादव,
जेठ१४ बेलाटारी ।
बिगत २ बर्ष देखि मधेशमा अान्दाेलन गर्दै अाईरहेकाे माेर्चाले पुन अान्दोलन काे कार्यक्रम अन्तर्गत आज क्षेत्र न ६ मा पनि लाठि जुलुस प्रदर्शन गरेको छ । माग पुरा नभएको भन्दै मोर्चाले क्षेत्र न६मा लाठी जुलुस प्रदर्शन गरेकाे मार्चाकाे नेता लख्खु यादवले बताउनु भएकाे छ। सरकारले मधेशी मोर्चा तथा मधेशी जन्ताको माग पुरा नगरी दोस्रो चरणको स्थानिय निकायकाे निर्वाचन गराउन लागेको भन्दै मोर्चाले आन्दोलनमा उत्रेको जनाएको छ । मधेशीको माग पुरा नभए सम्म मधेशमा कुनै निर्वाचन नहुने भन्दै मोर्चाले लाठी जुलुस प्रदर्शन गरेको छ ।।क्षेत्र न६ मा रहेका माेर्चाका कार्यकर्ताहरु लाठि जुलुसमा सहभागी भएकाे बिद्यार्थी नेता युवराज माैर्याले बताउनु भएकाे छ लाठि जुलुस पछि गाेपिगन्जमा काेण सभा सम्पन्न गरिएकाे थियाे नरसिह चाैधरीकाे अध्यक्षतामा काेण सभा सम्पन्न भएकाे थियाे ।काेण सभामा बाेल्दै राजपा केा बरिस्ठ नेता हृदेश त्रिपाठिले सरकार जबरजस्ती गरे मधेशीहरु चुप लागेर नबस्ने बताए सरकारकाे यहि रबैया रहे देश मा ठुलाे दुर्घटना हुन सक्ने चेतवानी दिनु भयाे ।जब सम्म मधेशकाे माग पूरा हुदैन तब सम्म मधेस मा कुनै पनि किसिमकाे निर्वाचन हुन नस्कने भन्नू भयाे हामी चुनाव बिराेधी हाईनाै सरकार ले माग परा गर्याे भने हामी चुनावमा जान तयार छाै।कार्यक्रम मा अजय बहादुर शाहि रामपृत यादव लख्खु यादव लगायत ले बाेल्नु भएकाे थियाे।