१९ कात्तिक , रामेछाप – रामेछापको साविकको दिमिपोखरी गाविसमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) लाई स्थानीय बासिन्दाले २१ किलोको माला लगाएर स्वागत गरेका छन् ।
आगामी मंसिर १० गते हुन लागेका चुनावमा प्रतिनिधि सभातर्फका उम्मेदवार रहनुभएका तामाङलाई स्थानीय बासिन्दाले २१ किलोको माला लगाएर स्वागत गरेका हुन् । चुनावी अभियानको क्रममा तामााङ उहाँको टोलीलाई सुनापति–२ खाँडादेवीको स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । यो कम्युनिष्टको लाल किल्लाका रुपमा चिनिदै आएको छ ।
तामाङले स्थानीय बासिन्दासँग आफ्नो जित सुनिश्चि भएको दाबी गर्नुभएको थियो ।
स्रोत : उज्यालो अनलाईन