०५ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०३ पैसा र विक्रिदर २५ रुपैयाँ १८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र विक्रिदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ १३ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ १२ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ९५ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ५४ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ८८ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।