सोनकलि थारु
२२ जेठ सुनवल ।बाबा बर्दगोरिया प्रथामिक बिद्यालय सुनवल ११ केरवानीमा आज आखा शिबिर कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाको आयोजना,डा. बिनोद निता कण्डेल नेत्र ज्योति संघ नवलपरासीको सहयोगमा आखा जाच गरिएको छ ।तेजनारायण चुवाइको अध्यक्षता , नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाको सभापति गोपाल प्रसाद शार्माको प्रमुख अतित्थ्यता, नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखा संचालक समितिका सदस्य भबिश्वर पाण्डे,प्रबिधिक स्वास्थ्यकर्मी सुमन्त यादब,श्रवण यादब,बिद्यालयका प्रधानाध्यापक गौरीशंकर पाण्डेय,बिद्यालय ब्यावस्थापन समिति तथा शिक्षक अभिभावक संघका सम्पुर्ण पदाधिकारीहरु, अभिभावक, बिद्यार्थी ,शिक्षकहरु लगायातको सहभगिता रहेको थियो ।
शिबिरमा जम्मा ७० जनाको आखा परिक्षण गरिएको थियो जस्मा ८ जना बिद्यार्थीहरुको आखा कम्जोर भएको पाइएको छ ।आखा कम्जोर भएका बिद्यार्थीहरुलाइ निशुल्क चस्मा बितरण गरिएको छ ।यसैगरी उक्त कार्यक्रममै ,बिद्यालय ब्यावस्थापन समितिका सदस्य होमनारायण चौधरीले १ थान टेलिभिजन बिद्यालयलाइ हस्तन्तरण गर्नुभएको छ ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका संचालक समितिका सदस्य भबिश्वर पाण्डेयले रेडक्रसको बारेमा प्रष्ट पार्नुभएको थियो ।भने कार्यकमको संचालन बिष्ण्ुा भटटराइले गर्नुभएको थियो ।