नन्दु यादव,
२९ जेठ बेलाटारी नवलपरासी ।
नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिकाकाे प्रमुखमा नेपाली कान्ग्रेसबाट राजकुमार शर्मा ले उम्मेदवारी दिने बताईएकाे छ।नवलपरासी जिल्लाकाे गुठिसुर्यपुरामा बि. स. २०२३/१२/२२ गतेका दिनका जन्मनुभएका शर्मा २०४६ सालबाट नेपाली कान्ग्रेस का भातृ सगठन तरुणदलकाे सदस्यबाट राजनिति शुरु गर्नु भएकाे थियाे।२०४६ सालकाे जनअान्दाेलन बाट सहभागी हुँदै अाफ्नाे राजनिति शुरुवात गर्दै बि. स.२०४९ सालमा भएकाे स्थानिय निर्वाचन मा वडा अध्यक्ष मा निर्वाचित भए।शर्माकाे सानाे परिवारमा हुर्केका शुरु देखि नै राजनिती मा चाहना रहेकाे थियाे।अामाबुवा बाट प्रेणा पाएका शर्मा पुन२०५३ सालकाे स्थानीय निकायकाे निर्वाचन मा गा. बि. स. उपाध्यक्ष मा बिजयी भई गा. बि. स. उपाध्यक्ष पद सम्हालेका थिए।नेपाली कान्ग्रेस पार्टी सग अास्था राख्ने शर्मा ले जीवन नै राजनितीमा बिताउने उनकाे चाहना हाे । केही समय पार्टीको सगठन बिभागकाे सदस्य काे पद सम्हालि सगठन लाई मजुबत बनाउने काममा पनि उनकाे याेगदान रहयाे।पार्टी प्रति बफादार रहि असल कार्यकर्ता काे रुपमा सगठनलाई सक्रिय बनाएका थिए। तेसै गरि क्षेत्र न ६ मा क्षेत्रीय प्रतिनिधि काे रुपमा पटक पटक पदमा रहि काम रहेका थिए।१२ अाै महाधिवेशन बाट निर्बिराेधरुपमा महासमिति सदस्य हुनु भएकाे थियाे तेसै गरि १३ अाै महाधिवेशन बाट पनि महासमिति सदस्य हुने माैका पाएका थिए।देबन्द्र राज कण्डेलजिल्ला सभापति रहेकाे बेलामा अामन्त्रित जिल्ला सदस्य पद समेत समाल्ने माैका पाएका थिए ।यसरी उनकाे नेपाली कान्ग्रेस पार्टी प्रति अास्था र याेगदान काे मुल्यांकन गरि पार्टी ले उम्मेदवारी काे टिकट दिएकाे छ।शर्मा ले अाफु प्रतापपुर गाउपालिकाकाे प्रमुखमा बिजयी हुने समेत दाबि गरे।बिजयी भए अाफु प्रतापपुर गाउपालिकाे शिक्षा ,स्वास्थ्य ,शुध्द खानेपानी,सडक काे बिकास गर्ने लक्ष्य रहेकाे बताउनु भयाे।