२५ मंसिर , काठमाडौँ – प्रत्यक्ष निर्वाचन अन्तर्गत प्रतिनिधिसभामा मात्रै नभएर वामपन्थी गठबन्धनकले ६ वटा प्रदेशमा पनि दुईतिहाई स्थान हासिल गर्ने देखिएको छ ।
निर्वाचनको घोषित परिणाामअनुसार सातवटा प्रदेशमध्ये प्रदेश २ बाहके अन्यमा गठबन्धनमा आबद्ध दुई दल एमालेले पहिलो र माओवादीले दोस्रो स्थान ओगटेका छन् ।
प्रदेश २ बाहेकका अनय ६ वटा प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने भएको छ ।
सात प्रदेशमा ३ सय ३० स्थानमध्ये एमालेले १ सय १८ मा जित हासिल गरेको छ ।
मतगणना भईरहेको क्षेत्रमध्ये ३७ स्थानमा उसले अग्रता कामय गरेको छ ।
यो खबर आजको नागरिक दैनिकमा छ ।