५ असार,नवलपरासी सुनवल ।
नेकपा एमाले सुनवलले यहि असार १४ गते हुन गइरहेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै वृहत रुपमा घरदैलो कार्यक्रम , युवा भेला , महिला भेला साथै सुनवलका विभिन्न ठाउँहरुमा चुनावि सभा गरिरहेको छ । मनोनयन दर्ताको दोस्रो दिन आज सुनवल नगरपालिका वडा न ११ वावा वर्दगोरियामा युवा विद्यार्थीहरुको भेला गराएको छ । विधार्थी परिचालन कमिटि संयोजक वद्री मान श्रेष्ठको अध्यक्षतामा भएको वृहत युवा विद्यार्थीहरुको भेलालाई प्रमुख अतिथिको रुपमा सम्वोद्धन गर्दै नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तिलक महतले राष्टियता र स्वाधिनताको सवालमा नेकपा एमाले कहिल्यैपनि नझुक्ने जिकिर गर्दै नेकपा एमालेलाई विजयी गराउन निर्देशनात्मक शैलिमा आफ्नो मनतब्य राख्नुभएको थियो । त्यस्तै विशिष्ट अतिथिको रुपमा रहनुभएका युवा संघ नेपाल केन्द्रीय कमिटिका महासचिव किरण पौडेले युवा परिचालका निम्ती प्रशिक्षणत्मक मनतब्य राख्नुभएको थियो । त्यस्तै गरि जिल्ला सहसंयोजक थान प्रसाद गैरे ले युवा परिचालन ले नै जित हासिल गर्न सकिने वताउनुभयो । मेयर उम्मेदवार विमला अर्याल र उपमेयर उम्मेदवार ददिराम अर्यालले समग्र सुनवललाई विकास गराउन प्रण गरेको वताउदै युवाहरुलाई नेकपा एमालेको पक्षमा जित शुनिश्चित गराउनका लागी ब्यापक परिचालन हुन अग्रह गर्नुभयो । कार्यक्रममा युवा संघ परिचालन संयोजक तथा जिल्ला कमिटि सदस्य लेखनाथ खरेलले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा स्वागत मनतब्य युवा संघ सुनवलका अध्यक्ष विनोद पाण्डेको रहेको थियो भने उपेन्द्रमान प्रधानले कार्यक्रम संचालन गर्नु भएको थियो ।
यस्तै प्रचार प्रसार कार्यक्रमलाई तिव्रता दिएको नेकपा एमाले सुनवलले आज वडा न ९ मा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रममा नेकपा एमालेको तर्फवाट महिला नेतृृ वमला अर्याल, उमपेयर ददिराम अर्याल, वडा अध्यक्षका उम्मेदवार गोपिनाथ योगी साथै सदस्यहरु का साथ केन्द्रीय कमिटि सदस्य तिलक महत, जिल्ला सह संयोजक थान प्रसाद गैरे, वडा इन्र्चाज रामचन्द्र भण्डारी लागाएत जिल्ला कमिटि सदस्यहरुको उपस्थीतिमा घरदैलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।