टंक सुनार
रुपन्देही ,असार ९ । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा रुपन्देहीको देवदहमा क्रियाशिल राजनैनितिक दल तथा स्वतन्त्र उमेदवारहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । देवदहमा क्रियाशिल राजनैतिक दलहरुले आ–आफ्नो चुनावी गीत बजाएर चुनावी घर दैलोमा हिडेका छन भने स्वतन्त्र उमेदवारले स्वदेशगान बजाउँदै चुनावी प्रचार प्रसारमा लागेका छन । देवदहमा तीन ठुला दल काग्रेस एमाले र माओवादी बिच नै तिव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
देवदह नगरपालिकाको मेयर पदमा माओवादीको सर्मथनमा हिरा बहादुर खत्री र एमालेका टिकाराम चपागाई विच प्रतिस्पर्धा हुने देखिएको छ । काग्रेसका खत्री ब्यवसायी हुन भने एमालेका चपागाई कानु ब्यवसायी हुन । त्यस्तै गरी उपमेयर पदमा माओवादीकी टिका गौतम र एमालेकी विद्यालक्ष्मी गुरुङ्ग विच प्रतिस्पर्धा हुने देखिएको छ ।
देवदहमा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक फोरम लगाएतका दलले उमेदवारी दिएका छन । विभिन्न पार्टीका उमेदवारी परेपनि मुख्य तीन दल बिचनै प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले जितेको थियो भने दोस्रो संविधान सभाको निर्वाचनमा काग्रेसले जितेको थियो । साविकको देवदह गाविसमा भने एमालेले गाविस अध्यक्ष जितेको थियो ।