एजेन्सी । बलिउड अभिनेता टाइगर श्राफसँगको प्रेमले नायिका दिशा पटानीको दिन फेरिएको छ । फिल्म बागी–२ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन्। यो सफलतादेखि दिशा निकै खुसी छिन्।
५ सय रुपियाँ लिएर पढ्नको लागि मुम्बई छिरेकी पटानी फिल्म खेल्नका लागि आफ्नो पढाइ नै छोडिदिएँको र कहिले काही उनी संग १ रुपियाँ पनि नभएको बताउछिन् ।
पटानीले साइन गरेको फिल्म अरू कसैलाई दिनुको कारण भने उनलाई थाहा नभएको बताउछिन् । जसको कारणले उनलाई मुम्बईमा निकै एक्लो महसुस गरेको बताएकी छन्।
मुम्बई उनको लागि नयाँ शहर भएकोले उनलाई निकै गाह्रो भएको बताइन्। पटानीको पहिलो फिल्म एमएस धोनी हो । उक्त फिल्ममा उनको सानो रोल भएपनि राम्रो गरेकी थिइन् ।
उनले बलिउडको एक मिडियासँगको अन्तरक्रियामा एमएस धोनीभन्दा पहिले पनि आफूले एक फिल्ममा साइन गरेको तर पछि आफूलाई उक्त फिल्मबाट निकालेर अरू कसैलाई लिइएको खुलासा गरेकी छन्।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।