सुन तस्करी बर्जित : प्रधानमन्त्री ओली
नयाँ पत्रिका काठमाडौँ | ४७ सेकेण्ड अगाडि
प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताए । सुनचाँदी व्यावसायी महासंघको ५अाैँ साधारणसभामा उनले साे कुरा बताएका हुन् । रोजगारी सृजना गर्ने, उत्पादन बढाउने, जनताको आर्थिक स्तर उकास्ने लगायतका कार्यमा सरकार जुटेकाे उनकाे दाबी छ ।
प्रधानमन्त्री ओलीले सरकार व्यावसायीको सुरक्षामा गम्भिर रहेको बताए । उनले व्यावसायीसँगै हरेक नागरिकले सुरक्षाको चिन्ता लिनु नपर्ने जिकिर गरे । ‘नेपालको सिमा भित्र हुने कोही कसैले पनि अब सुरक्षाको चिन्ता गर्नु पर्दैन,’ अाेलीले भने,‘सरकार गैह्रकानुनी, हिंसात्मक र अपराधपूर्ण क्रियाकलाप सहदैन ।’
प्रधानमन्त्री ओलीले नेपालमा अवैधानिक काम, तस्करी बर्जित रहेकाे बताए । ‘तस्करीको कुरा गर्दा सुनको पनि नाम आउछ’ प्रधानमन्त्री ओली भने,‘तर अब जे गर्नुछ कानुनी तवरले गर्नुहोस् । कानुनी अफ्ठ्यारा छन् भने त्यसलाई फुकाउने काम सरकारले गर्छ ।’ प्रधानमन्त्री ओलीले व्याववसायीहरुलाई हरेक व्यावसाय नक्कली होइन सक्कली ढंगले गर्न आग्रह गरे । नाफामुखी भन्दा पनि हरेक उपभोक्ताको हितलाई ध्यान दिएर काम गर्न ओलीकाे आग्रह छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।