आईजीपीका दाबेदार रमेश खरेलको राजीनामा स्वीकृत
नयाँ पत्रिका काठमाडौं, २८ चैत | २८ सेकेण्ड अगाडि
प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार प्रहरी नायब महानिरीक्षक (डिआईजी)रमेश खरेलको राजीनामा स्वीकृत भएको छ ।
सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले बुधबार राजीनामा बुझाएका थिए । बुधबारै उनको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको हो ।
खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका हुन् । उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए ।
यो पनि पढ्नुहोस्
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची खरेलद्वारा राजीनामाको घोषणा
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।