काठमाडौँ । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको गत सोमबार राती पत्नी यशोदाका निधन भयो । क्यान्सरका कारण ६७ वर्षिय दिवंगत पत्नीको वियोगमा मदनकृष्ण निकै भावविहल भएका थिए ।
छोरा यामन श्रेष्ठ भावुक भए । आमा दिवंगत भएको ९ दिन पुग्दा छोरा यामनले मनछुने कविता लेखेका छन् । यमनले आफ्नो स्वा.आमाको सम्झनामा लेखिएको कविता यस्तो छः
आमा तिम्रो सम्झनामा
एकै अक्षर लेख्दा पनि तिम्रो बारेमा
बन्छ मिठो कबिता , बन्छ मिठो गीत ।
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।
कत्रो ठुलो मन तिम्रो, मेरै मात्र सोच्ने
मेरो स्यानै चोटमा पनि तिम्रो हृदय घोच्ने
बिहान दिउसो बेलुका दिन रात उठ्दै बस्दै
भगवान पनि सोच्दै होलान् , को हुन् यी म जस्तै ।।
एकै झल्को कल्पे पनि तिम्रो बारेमा
हार आफु लिन्छौ, दिन्छौ मलाई जीत
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।
अर्को जुनी तिमी मेरै, आमा भईदिनु है
त्यो बेला अहिले जस्तो, छोडी नगईदिनु है
यो मनको मन्दिरमा तिम्रो, फोटो सजाउछु
तिम्रै भजन गाउँछु तिम्रै, धून बजाउँछु ।।
एक पल्ट फेरी ढल्कन पाए, तिम्रो काखमा
सुन्थें तिम्रो लोरी अनि, आउथ्यो मिठो निंद
एकै पल बस्दा पनि, तिम्रो साथमा
लाग्छ भगवान संगै छन् दिदैछन् आशिष ।।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।