इक्यानमा पाण्डे समूहको उम्मेदवारी घोषणा
नयाँ पत्रिका काठमाडाैँ २ वैशाख | ०१ घन्टा अगाडि
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नेतृत्वका लागि अध्यक्षका प्रत्याशी विष्णुहरि पाण्डेको समूहले उम्मेदवारी घोषणा गरेको छ । पाण्डे समूहबाट उपाध्यक्षहरूमा देवीदास भट्टराई, खड्गबहादुर ताम्लिङ लिम्बू र सपना राजभण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी, महासचिवमा शेषराज भट्टराई, सचिवहरूमा श्यामबहादुर कँडेल (सोम) र दीपकराज भुसाल छन् ।
कोषाध्यक्षमा गोविन्द अधिकारी, सह–कोषाध्यक्ष निरुपमा महर्जनको उम्मेदवारी छ । सदस्यहरूमा प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, यज्ञविलास पौड्याल, बालकृष्ण श्रेष्ठ (बिके), महेश श्रेष्ठ, बासुदेव दाहाल, सुदन चौहान र शुष्मा आचार्यले उम्मेदवारी दिएका छन् ।
राज्यस्तरमा तथा नीति निर्माण तहमा समेत इक्यानको उपस्थिति भरोसायोग्य हुनु संस्थाका लागि गौरवको विषय भएको अध्यक्षका दाबेदार पाण्डेले बताए । अध्यक्षका प्रत्यासी पाण्डेले संस्थालाई भरोसायोग्य, सक्षम तथा सबल बनाउन सही नेतृत्व आवश्यक भएको बताए । त्यसका लागि आफूले सक्षम टिमसहित उम्मेदवारी दिएको उनले बताए । आफ्नो नेतृत्वले परामर्श क्षेत्रलाई थप व्यवस्थित बनाउने र व्यवसायीका हकहितका लागि काम गर्ने बताए ।
‘शैक्षिक परामर्श क्षेत्रमा अहिले पनि विभिन्न चुनौती छन् । त्यसमा परामर्श क्षेत्रलाई थप प्रभावकारी र सशक्त बनाउन उपयुक्त दृष्टिकोणसहितको सक्षम नेतृत्वको आवश्यकता छ,’ उनले भने, ‘यही आवश्यकतालाई महसुस गरी हामीले आगमी दुईवर्षे कार्यकालका लागि मेरो नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका छौँ ।’ ८ वैशाखमा हुने इक्यानको निर्वाचनले पदाधिकारीसहित १८ जनाको कार्यसमिति चयन गर्नेछ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।