विनोद सिंह विष्ट, बैतडी । सडक सञ्जाल बिस्तार भएसंगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिदै गएको छ । केही बर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौंहिड्नुपर्ने बाध्यता रहेको भएपनि सडक बिस्तारले त्यो बाध्यता हटेको छ ।
गाउँमा कुनै मान्छै बिरामी भएपनि उपचारका लागी लैजान समस्या हुने गरेको भएपनि सडक बिस्तारसंगै सहज भएको सुर्नया ५ का सुरेस विष्टले बताउनुभयो । उहाँले भन्नुभयो“बिरामी हुँदा समयमै उपचारलाई लैजान नपाँउदा कयौैंले अकालमै ज्यान गुमाउने गरेका थिए, अब त्यो समस्या रहेन ”
सडक नहुँदा यसअघि सदरमुकाम जान समेत ३÷४ दिन लाग्ने गरेको भएपनि हाल आएर एक दिनमै सदरमुकाम पुग्न सकिने भएको रौलेश्वर मावि रामकी बरायलका प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताउनुभयो ।“सडक नहुँदा सदरमुकाम पुग्न निकै समस्या हुने गरेको थियो ” उहाँले भन्नुभयो“हाल १ दिनमै सदरमुकाम पुगेर फर्किन सकिन्छ”
सडक सञ्जाल बिस्तार भएपनि दैनिक उपभोग्य सामान भने सुपथ मुल्यमा किन्न पाएका छैनौं उहाँले भन्नुभयो“सडक पुगेपछी सहज त भयो तर दैनिक उपभोग्य सामानको मुल्य घटेन”
सडक सञ्जाल बिस्तार भएसंगै सहज रुपमा गाउँमै सबै किसिमको सामान पाईने गरेको शंकर विष्टको भनाई छ । घण्टांै हिडेर पाटन तथा सतबाँझ गएर दैनिक उपभोग्य सामग्री गाउँमै पाईन्छ उहाँले भन्नुभयो“घरसम्मै गाडी चढेर पुग्दा निकै खुसी छौं”
ग्रामिण क्षेत्रमा सडक बिस्तारसंगै गाडी चल्न थालेकोले गाउँमा उत्पादित कृषि सामग्री सहज रुपमा बजारसम्म लैजान सजिलो भएको सुर्नया गाउँपालिका ५ का स्थानीय बासिन्दा हर्क बहादुर विष्टले जानकारी दिनुभयो । सडक नपुग्दा महंगो दररेटमा सामान खरिद गर्नुपरेको थियो उहाँले भन्नुभयो“गाउँमा उत्पादित कृषि उपजहरुले बजार पाउन थालेका छन्”
सडक पुगेपछि कृषि उपजले पनि बजार पाएकाले किसानहरु व्यवसायिक खेती तर्फ लाग्न थालेका छन् । सडक नहुदा दैनिक उपभोग्य सामान समेत भरिया लगाएर बोकाउने गरेका भएपनि सडक बिस्तारले सजिलो सहसुस भएको स्थानिय व्यापारीको भनाई रहेको छ ।
सडक नहुँदा नुन,तेलको लागी समेत घण्टौं हिडेर बोकेर ल्यानुपथ्र्यो सुर्नया ५का जयमती मडैले भन्नुभयो “अब त घरनजिकै गाडीमा सामान आउछ”
तर सुर्नया ८ ढोलेका रमेश बोहरा भने गाउँसम्म सडक नहुँदा घोडा ,खच्चरमा खाद्यान्न सामग्री ढुवानी गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो“दैनिक उपभोग्य सामान किन्नको लागी समेत एक दुई घण्टा पैदल हिड्नुपर्छ”
सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वरसम्म सडक पुगेपछी स्वास्थ्य क्षेत्रको पनि विकास हुदै गएको गाउँपालिकाका स्वास्थ्य संयोजक जयदेव जोशीको भनाई छ । गाउँपालिकासम्म सहज रुपमा औषधी लगायतका स्वास्थ्यसम्वन्धी उपकरण ल्यान सजिलो भएको छउहाँले भन्नुभयो“बिरामी भएर जिल्ला तथा जिल्ला बाहिर समेत रेफर गर्नुपर्दा सहज रुपमा बाहिर लैजान सजिलो भएको छ”
सडक विकासको पुर्वाधारमा पर्ने भएकोले सडक बिस्तारले सुर्नयामा आमूल परिवर्तन भएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीर बहादुर विष्टको भनाई रहेको छ । गाउँको विकासका लागी सडकले टेवा पुगेको छ उहाँले भन्नुभयो“सडक बिस्तारले ग्रामिण अर्थतन्त्र क्रियाशिल भएको छ”
कुनै पनि संघ संस्थाले काम गर्न खोज्दा गाउँपालिकाको केन्द्रसम्म सडक सुविधा हेर्ने भएकोले त्यो सुविधा आफ्नो गाउँपालिकामा रहेको बताउदै अध्यक्ष विष्टले गाउँको विकासका लागी पनि विभिन्न संघ संस्थाले लगानी गर्न खोजेका छन् ।
सुर्नया गाउँपालिकाका सबैजसो वडामा सडकले छोएको छ । सतबाँझ–श्रीभार सडक अन्तर्गत २१ किलोमिटर सुर्नया गाउँपालिकासम्म सडकको ट्रयाक खुली गाडीहरु सञ्चालनमा रहेका छन् । खोड्पे बझाङ सडकको मोतिनगरबाट अर्को सडक सुर्नया गाउँपालिकाको शंकरपुर पुगेको छ ।
सतबाँझ–श्रीभार सडक अन्तर्गत २१ किलोमिटर सुर्नया गाउँपालिकासम्म सडकमा दैनिक जीप सञ्चालनमा रहेको भएपनि सडक स्तरोन्नती तथा रुट परमिट नहुँदा गाडी सञ्चालनमा समस्या हुने गरेको महाकाली यातायात व्यवशायी समिति सतबाँझ बैतडीका ईञ्चार्ज कर्ण बहादुर पाण्डेयले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।