महोत्तरी । हुरीले दुई जनाको मृत्यु भएको छ । हुरीको कारण जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंह र नाम, ठेगाना नखुलेको अर्का एक पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सकुन्तलादेवीको आँगनको पर्खाल ढल्दा च्यापिएर मृत्यु भएको हो । अर्का पुरुषलाई बरको रुखमा ओत लागिरहेको बेला रुख ढलेर च्यापेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।